सुनको मूल्यको एक लाख तीन हजार रुपैयाँ
सोमबार, २३ फागुन २०७८, १२ : ०८
![सुनको मूल्यको एक लाख तीन हजार रुपैयाँ](https://rpcdn.ratopati.com/media/albums/gold-gold-price_KomQkInQ3i.jpg)
सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसैबीच, सरकारले सुन आयातमा कटौती गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक