शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

‘मिस हिमालयन ग्लोरी नेपाल’ छानिने

सोमबार, २३ फागुन २०७८, ११ : ५८
सोमबार, २३ फागुन २०७८

विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ट्रेबल फेशन कन्सर्न प्रालिले ‘मिस हिमालयन ग्लोरी नेपाल २०२२’ आयोजना गर्ने भएको छ । युवतीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको आयोजकले सोमबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीले मात्र सहभागी हुन सक्नेछन् । जसमा सहभागीको उचाई ५ फिट १ इन्च भन्दामाथि हुनुपर्ने प्रावधान आयोजकले राखेको छ । 
आगामी शनिबारबाट पहिलो चरणको अडिसन सुरु हुने प्रतियोगिताको अन्तिम स्पर्धा नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै आयोजना गर्ने आयोजक संस्थाका सिइओ शैलेन्द्र श्रेष्ठले जानकारी दिए । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मोडलिङ, व्यक्तित्व विकास लगायत बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा सहभागी हुनेछन् ।

गोकर्णेश्वर नगरपालिका र सम्भव एजुकेसन कन्सल्टेन्सीको प्रायोजन रहेको प्रतियोगिता विजेताले म्युजिक भिडियो, टेलिसिरियल लगायतमा अभिनय अवसरको अलवा विभिन्न गिफ्ट र तेजस्वी कला केन्द्र एण्ड मिडियाको तर्फबाट डान्स, जुम्बा, संगीत, उद्घोषण तालिमलगायत अवसर समेत उपहारको रुपमा प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप