मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

सोमबार, २३ फागुन २०७८, ११ : ४५
सोमबार, २३ फागुन २०७८

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पहिलो पटक बस्दैछ । काठमाडौंको एक पार्टी प्यालेसमा ११ बजेपछि बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदबाट अनुमोदन भएको एमसीसीबारे जानकारी गराउने कार्यक्रम रहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसको अलवा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । 

पहिला एमसीसीको विरोध गर्दै आएको समाजवादी अन्तिम समयमा एमसीसी अनुमोदनको पक्षमा उभिएको थियो । तर, सम्मानित नेता झलनाथ खनाललगायतका केही नेताले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपनि त्यसको तात्विक अर्थ नरहेको भन्दै आपत्ति जनाउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप