कठिन समयमा नुनको चट्टानमा भएको गुफामा राखिएको तेल प्रयोग गर्छ अमेरिका
रुस र युक्रेनकाबीच विगत १० दिनदेखि जारी संघर्षका कारण विश्वभर एक किसिमको तेलको संकट भएको देखिन थालेको छ । यही बीचमा तेलको मूल्य १०० डलर प्रति ब्यारेल पार गरेको छ । यस्तो पृष्ठभूमिमा तेल संकटको असर युरोप–अमेरिकादेखि विश्वभरका सबै देशमा देखिन थालेको हो । इन्धन संकटको यो अवस्थामा अमेरिकाको दृष्टि आफ्नो दक्षिणी राज्य लुजियाना र टेक्सासमा रहेको तेल भण्डार भएको गुफामा परेको छ ।
विद्यमान अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीसँग जोडिएको अमेरिका समेत केही अन्य देशले तेलको मूल्यमा लगाम लगाउन संयुक्त रुपमा ६ करोड ब्यारेल तेल निकाल्ने निर्णय गरेका छन् ।
जो बाइडेन प्रशासनले आफ्नो रणनीतिक तेल भण्डारबाट मात्रै ३ करोड ब्यारेल तेल निकाल्ने गरेको छ । अमेरिकाको लुजियाना र टेक्सासस्थित नुनको चट्टानमा राखिएको भूगर्गीय तेल भण्डार यति ठूलो छ कि यसले कठिन समयमा आफ्नो तेल खपत पुरा गर्न र बजारमा आपूर्ति सहज बनाउन मौका दिन्छ ।
७ करोड ब्यारेल कच्चा तेल भण्डार क्षमताको गुफा
नुन कच्चा तेललाई सुरक्षित राख्न व्यापक फाइदजनक मानिँदै आएको छ । किनकी दुवै तत्व आपसमा मिल्दैनन् । यो गुफा त्यसैगरी तयार गरिएको छ । यस्तो अवस्थामा यो गुफा तेल संग्रह गर्नका लागि अत्यन्त राम्रो मानिन्छ ।
यी गुफामा ७ करोड ब्यारेल कच्चा तेल भण्डार गर्न सकिन्छ । अमेरिकी उर्जा विगभाका अनुसार विगत २५ फेब्रुअरीसम्म यहाँ ५ करोड ८० लाख ब्यारेल तेल भण्डारमा रहेको छ । यद्यपि जमिनमा धेरै त्यस्तो देखिन्न । केवल केही मुहान र पाइप मात्र देखिन्छ ।
यो पाइपलाइन जमिनभित्र हजारौ मिटर परसम्म बिच्छ्याइएको छ, जसको सहयोगमा उच्च फोहोरायुक्त पानी पठाएर तेल निकाल्न सकिन्छ ।
यद्यपि नुनको चट्टानमा बनेको यो गुफा पुरै रुपमा स्थिर हुँदैन । बेलाबेलामा गुफा भत्किन सक्ने भएकाले मेसिनमा क्षति हुन सक्छ । यस्तोमा मेसिनलाई अत्यन्त सावधानीका साथ राख्नुपर्छ र यसको सुरक्षामा ठूलो खर्च हुन्छु । यसको सुरक्षाका लागि प्रति वर्ष २० करोड डलर खर्च हुन्छ । तर यसैका कारण तेल आपूर्तिमा संकट पैदा भएको समयमा अमेरिका त्यसको प्रभावबाट बच्न सफल भने हुन्छ ।
यति मात्रै होइन, यदि आवश्यक प¥यो भने अमेरिका कयौँ महिनासम्म बाहिरबाट तेल किनकिन पनि आफ्नो ऊर्जा आवश्यकता पूर्ति गर्न सक्छ ।
अमेरिकाले किन बनायो तेल भण्डार ?
यी तेल भण्डार बनाउन १९७३ मा भएको योम किपुर युद्धसँग जोडिएको छ । जसमा पश्चिमी देशले इजरायलको समर्थन गरेका थिए ।
यसबाट रिसाएर अरब देशले तेल दिन अस्वीकार गरेका थिए, जसमा एक आर्थिक संकट पैदा भएको थियो । अरब देशको यो निर्णयका कारण तेलको आपूर्तिमा व्यापक कमी आयो भने १९७४ मा कच्चा तेलको मूल्यमा चार गुणा वृद्धि भयो ।
अमेरिकाले यो संकटका कारण तेलको ठूलो अभावको सामना गर्नु प¥यो । अमेरिकीलाई आफ्नो गाडीमा तेल भर्नका लागि लाइनमा बस्नुपर्ने अवस्था आयो । अवस्था केही यस्तो थियो कि आफ्नो पेट्रोल चोरी हुने डर हुन थाल्यो । जसलाई बचाउनका लागि मानिस बन्दुक लिएर हिँड्न थाले ।
यो अवधिमा अमेरिकाका औद्योगिक ढाँचा सस्तो तेलमा निर्भर थियो र यो संकट अएपछि उनीहरु बाहिर जाने अवस्थामा पुगे । यसैगरी १९७५ मा अमेरिकाको तेल बजारमा उतार–चढावबाट बच्नका लागि रणनीतिक तेल भण्डार बनाउनु प¥यो, जसमा भविष्यमा यस किसिमको स्थितिबाट अमेरिकी फाइदाको रक्षा गर्न सकियोस् । यसैगरी १९९१ को खाडी युद्ध र २००५ को क्याट्रिना आँधीको अवधिमा अमेरिकी ऊर्जा ढाँचामा असर प¥यो । तर यो रणनीतिक तेल भण्डारले अमेरिकामा हुने तेलको आपूर्तिमा भएको कमी पुरा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’