बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड, माधवलाई हामी जिताउँछौँ : शेखर कोइराला

सोमबार, २३ फागुन २०७८, १० : ५४
सोमबार, २३ फागुन २०७८

आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन्  ।

पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न नहुने आफ्नो पुरानै अडान दोहोर्‍याए ।

गठबन्धनको विरोध गर्दै डा. कोइरालाले भने, ‘त्यसमा म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, एउटा कम्युनिस्टले नेपाली काँग्रेसलाई भोट हालेको छ ? हाल्दैन ।

गठबन्धन नभए पनि ठूला नेताहरूलाई चुनाव जिताएर संसद्‍मा ल्याउनुपर्ने बताउँदै डा. कोइरालाले रातोपाटीसँग भने,  ‘अब गठबन्धन गरेनौँ भने पनि प्रचण्डलाई ल्याउने जिम्मा त हामीले ल्याउनु पर्छ नि । जहाँबाट होस् । गठबन्धन बनेन भने पनि सिनियर लिडरहरू हाउसमा आउनु पर्‍यो ।’

काँग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँगै तीन दिनअघि विराटनगरको एक कार्यक्रममा सहभागी भएका डा. कोइराला अहिले बिराटनगरमै छन् । आगामी वैशाख ३० मा हुने स्थानीय चुनावको रणनीति बनाउन गृह जिल्लामा रहेका कोइरालासँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ   ।

तपाई केही दिनयता विराटनगरमै हुनुहुन्छ । निर्वाचनको तयारीका लागि हो ?

निर्वाचनको तयारी त हुने नै भयो । विराटनगर महानगर समितिले मेरो प्रमुख आतिथ्यमा कार्यक्रम गरेको थियो । हामीले सबै ग्रुपलाई बोलाएका थियौँ । यो ग्रुप, त्यो ग्रुप भन्ने थिएन । यस सन्दर्भमा चुनावलाई लिएर मानिसहरूसँग भेटघाट त हुने नै भयो नि । 

महानगरको मेयर र उपमेयर मात्रै हो केन्द्रले बाँड्ने । त्यसको वडाको पनि तल्लो तहबाटै बाँडिन्छ । त्यसकारण धेरै चिन्ता लिनुपर्ने अवस्था छैन । संघमा हामी पनि हुन्छौँ । जिल्लामा प्रदेशमा पनि हुन्छौँ । सम्झाइरहेको छु, साथीहरूलाई धेरै चिन्ता नगर ।

आफ्नो निकटका उम्मेदवारहरुलाई टिकट दिन आउनुभएको हो कि ?

अहिले मैले के भनिरहेको छु भने पहिले उम्मेदवार बन्नेहरूले होमवर्क गर्नुपर्‍यो  । अहिले नै टिकट चाहियो भन्दा अरूले पनि टिकट किन नपाउने भन्ने त हुन्छ नि । हाम्रा मान्छेलाई के चिन्ता छ भने हामीले महाधिवेशनमा हारेको कारण असुरक्षित हुने हो कि ? । तर, नेपाली काँग्रेस त्यसरी चल्दैन । मैले त्यस्तो मनोविज्ञानलाई हटाउने काम गरिराखेको छु । 

महाधिवेशनमा तपाईंको समूह हारेको कारण शेरबहादुर देउवा पक्षबाट टिकटमा एकलौटी हुने खतरा छ कि छैन ? तपाईंका समर्थकलाई बाइपास हुने खतरा कत्तिको छ ?

अलिअलि त त्यस्तो फिलिङ हुनु स्वाभाविक हो । तर, नेपाली काँग्रेस त्यसरी चल्दैन । नेपाली काँग्रेसको टिकट बाँड्ने सिस्टम के छ भने प्रतिनिधिसभा क्षेत्रीय समितिले वडाको टिकट बाँड्छ । गाउँपालिकाको टिकट जिल्ला कार्य समितिले बाँड्छ । नगरपालिकाको टिकट प्रदेश समितिले बाँड्छ । महानगरपालिका र उपमहानगरपालिकाको टिकट केन्द्रले टिकट बाँड्छ ।

महानगरको मेयर र उपमेयर मात्रै हो केन्द्रले बाँड्ने । त्यसको वडाको पनि तल्लो तहबाटै बाँडिन्छ । त्यसकारण धेरै चिन्ता लिनुपर्ने अवस्था छैन । संघमा हामी पनि हुन्छौँ । जिल्लामा प्रदेशमा पनि हुन्छौँ । सम्झाइरहेको छु, साथीहरूलाई धेरै चिन्ता नगर ।

फेरि, टिकट जसले दिन्छ हामीजस्ता त हामी आफू पनि उठ्दैछौँ नि त संघमा, प्रदेशमा । त्यसकारण हामीले आफ्नो पनि त हेर्नुपर्‍यो नि । मिलाएरै दिइएन भने त फेरि जित्दैन नि । यसपटक नेपाली काँग्रेसले स्थानीय तहमा धेरै राम्रो गर्नुपर्ने छ । गर्छजस्तो लाग्छ मलाई । त्यो राम्रो कामले संघ र प्रदेशमा पनि राम्ररी प्रभाव पार्छ जस्तो लाग्छ । यसपालिको टिकट वितरण वैज्ञानिक गर्छौँ । धेरै झगडा नगरौँ, हामीबीचमा तिक्तता पनि छैन । अधिवेशन सकियो । तिक्ततालाई एक ठाउँमा राखौं । मैले पनि सभापतिज्यूसँग कुरा भइरहेको छ । 

म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, कम्युनिस्टले काँग्रेसलाई हाल्दैनन् ।

तर, शंका उपशंका चाहिं हुन्छ कि हुँदैन ? तपाई यसरी जिल्लामा आउँदा शेखरले के के गर्न आँट्यो भनेर अर्को पक्षले शंकाको दृष्टिले हेर्दैन ? 

त्यो पनि अलिअलि त होला । तर, म त जिल्ला जिल्लामा दौडिरहेको छु नि । काम त गर्नै पर्‍यो नि । 

तपाईले चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न हुँदैन भन्दै आउनुभएको छ । यसबारे माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर पनि गठबन्धन हुँदैन भन्नुभएको थियो । यसमा अहिले पनि अडिग हुनुहुन्छ ? 

म अहिले पनि अडिग छु । किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, कम्युनिस्टले काँग्रेसलाई हाल्दैनन् ।  हामीले बाबुराम भट्टराईलाई भोट हाल्यौँ । रेणु दाहाललाई हाल्यौँ । उपेन्द्र यादवलाई भोट हाल्यौँ । महन्थ ठाकुरलाई हाल्यौँ । मन नलागी नलागी हालेको हो । तर, एउटा कम्युनिष्टले नेपाली काँग्रेसलाई भोट हालेको छ ? हाल्दैन । किनभने, उनीहरू क्याडर हुन्छन् । त्यस्तै ट्रेनिङ हुन्छ । ट्रेनिङले गर्दा भोट हाल्दैनन् । हाम्रो त मास बेस पार्टी हो । हाम्रोचाहिं नेताले भनिदियो, हालिदियो । रेणु दाहालजी त्यसैले जितेको हो । त्यसले गर्दा चितवन हाम्रो कमजोर भयो । 

तर, काँग्रेसकी उपमेयरलाई त भरतपुरमा माओवादीले भोट हाल्यो नि हैन ?

अलिअलि त हाले । तर, हाम्रै भोटले जितेको छ त्यहाँ छ । चितवन त हाम्रो राम्रो हो नि । चितवन त काँग्रेसको गढ नै हो नि । अहिले त्यसले कमजोर बनायो ।  

म के भन्छु भने चुनाव लडौँ । अनि गठबन्धन त बनाउनैपर्छ । सरकार बनाउन त गठबन्धन चाहिन्छ नै । किनभने, हाम्रो निर्वाचन प्रणालीका कारण पनि सरकारमा कुनैपनि पार्टीको एकलौटी बहुमत आउँदैन ।

तपाईले गठबन्धन गर्नुहुँदैन भनिरहँदा स्थानीय तहमा एमाले र काँग्रेसकै बढी प्रतिस्पर्धा हुने देखिन्छ । यस्तो अवस्थामा जसपा, एकीकृत समाजवादी, माओवादी, राप्रपा र लोसपा लगायतका पार्टीहरू एकतिर भए भने काँग्रेसलाई सेटब्याक हुने देखिँदैन ? एमाले र साना दलहरू मिले भने काँग्रेसलाई घाटा हुँदैन ? उदाहरणको लागि यही विराटनगरमा पनि त्यस्तो भयो भने के होला ? 

विराटनगरमा काँग्रेसले जित्छ । काँग्रेस लाष्ट टाइम पनि एक्लै लडेको हो । एमाले झन् कमजोर भइसक्यो । त्यसबेला एमाले–विजय गच्छदार, माओवादी र फोरमको गठबन्धन थियो । 

गठबन्धन गरिँदैन भन्नुको साटो साना पार्टीलाई काँग्रेसले विश्वासमा लिँदा पो फाइदा होला कि ?

एउटा कुरा के हो भने हामी गठबन्धन संस्कारमै छैनौँ । पार्टीहरू बन्ने क्रममै छौँ । काँग्रेस, एमाले पनि पार्टी बन्दैछन् । माओवादी त झन् बन्ने क्रममा प्रयासरत छ । भारतमा स्थायी ढंगका गठबन्धन छन् । त्यो राम्रो हो । तर, यहाँ त्यो सम्भावना देखिँदैन ।

म के भन्छु भने चुनाव लडौँ । अनि गठबन्धन त बनाउनैपर्छ । सरकार बनाउन त गठबन्धन चाहिन्छ नै । किनभने, हाम्रो निर्वाचन प्रणालीका कारण पनि सरकारमा कुनैपनि पार्टीको एकलौटी बहुमत आउँदैन । त्यसबेला गठबन्धन गर्ने हो । दुई/चार पटक गठबन्धन गरिसकेपछि चुनाव पनि गठबन्धनबाट लड्ने एउटा कुरा हो ।

दोस्रो कुरा एमसीसीको एउटा उदाहरण दिएको कुरा हो मैले, त्यस्ता धेरै उदाहरण छ । नेपाली काँग्रेसको सोचाई विचार वा एमाले, माओवादी, समाजवादी सबैको बिल्कुल फरक छ । कसैसँग व्यक्तिगत सहयोग माग्ने कुरा अर्कै कुरा भयो । त्यसलाई अपवाद मानौँ । तर, अहिले हामीहरूको मानसिकता नै तयार भइसकेको छैन । हामी माओवादीको द्वन्द्वबाट आएका हौँ नि त । त्यसको सबैभन्दा धेरै मारमा त काँग्रेस नै परेको हो । हो, गठबन्धन बन्न सक्छ । तर, त्यो बिस्तारै बिस्तारै हटाएर हुन्छ । एकैपटक हुँदैन नि । आजको भोलि नै मिल्छ भन्ने मलाई लाग्दैन । 

यसपटक काँग्रेसले ७५३ स्थानीय तहमा ४५० जति ल्याउँछ भन्ने लागेको छ । पहिलो दल हुन्छौँ । हामी त्यति ल्याउँछौँ ।

तपाईंले यही कुरा प्रचण्डलाई राख्दा उहाँले के भन्नुभयो ?

मलाई के लाग्छ भने प्रचण्ड अलि सेल्फ सेन्टर (आत्मकेन्द्रित) हुनुहुन्छ । भारतपुरको चासो, आफ्नै चासो । त्यो त अब गठबन्धन गरेनौँ भने पनि प्रचण्डलाई ल्याउने जिम्मा त हामीले ल्याउनु पर्छ नि । जहाँबाट होस् । गठबन्धन बनेन भने पनि सिनियर लिडरहरू हाउसमा आउनुपर्‍यो । त्यसमा मेरो कुनै विमति छैन । 

शेखर कोइरालाले गठबन्धन नगरौँ भनेका कारण असुरक्षित भइयो भन्ने परेको हो कि प्रचण्ड, माधव नेपालहरूलाई ?

मेरो के भनाइ छ भने माधवजी, प्रचण्डजी, शेरबहादुरजी, रामचन्द्रजी, ओलीजी सिनियर नेताहरू आउनुपर्‍यो । कतिजना आउने हो निर्णय गरौँ । त्यो त हाउसको सुन्दरताको कुरा पनि हो ।

कल्पना गरौँ, एकैछिन संविधानसभाको दोस्रो निर्वाचनको बेला काठमाडौँबाट प्रचण्डजी हार्नुभयो । तर, सिरहाबाट गन्जागोलका बीचमा पनि ल्याइयो । उहाँ नल्याएको भए संविधान त बन्दैन थियो । पहिलो संविधानसभामा माधवजीलाई संविधान बनाउनका लागि ल्याएको हो । यो सबै कुरालाई हेर्नुपर्‍यो नि त । नेताहरू आउनुपर्छ । यसमा मेरो कुनै कन्फ्युजन छैन । तर, गठबन्धन गरेर जानु हुँदैन । एमाले र माओवादीले प्रतिशत बाँडेजस्तो गर्नुहुँदैन । 

यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसको पोजिसन के हुन्छ भन्ने अनुमान गर्नुभएको छ ?

यसपटक काँग्रेसले ७५३ स्थानीय तहमा ४५० जति ल्याउँछ भन्ने लागेको छ । पहिलो दल हुन्छौँ । हामी त्यति ल्याउँछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप