शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने, कतिले पाउँदैछन् सेयर ?

सोमबार, २३ फागुन २०७८, १० : ५३
सोमबार, २३ फागुन २०७८

नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो । 

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सर्वसाधारण लगानीकर्ताहरुमा जारी गरेको थियो । यसको प्री–अलोटमेन्ट आज आइतबार (फागुन २२ गते) सम्पन्न भएको छ । 
विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा माग गरेभन्दा झण्डै ३९.०२ गुणा बढी आवेदन परेको छ । 

कुल ८ लाख २८ हजार ७५० कित्ताका लागि २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये ७७ हजार ४५६ जनाले मात्र कम्पनीको सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप