शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

सोमबार, २३ फागुन २०७८, १० : ५३
सोमबार, २३ फागुन २०७८

आगामी बुधबार ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, सामूहिक संघ, संस्था तथा व्यक्तिले आज सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बाँडफाँड भने बुधबार अर्थात फागुन २५ गते हुनेछ ।

बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । 

प्रतिस्पर्धात्मक प्रणालीमा ट्रेजरी बिलको बाँडफाँड हुने भएपनि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक रुपमा नै र बाँकी १५ प्रतिशत भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप