युक्रेनमा युद्धका लागि रुसले सिरियाली लडाकुलाई भर्ना गरिरहेको रिपोर्टमा खुलासा, यतिसम्मको तलब प्रस्ताव

रुसले युक्रेनमा लड्नका लागि सिरियाबाट तालिमप्राप्त व्यक्तिलाई भाडामा लिइरहेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा खुलासा गरेको छ ।
यद्यपि, गुप्तचर अधिकारीले कति सिरियाली लडाकूले यो युद्धमा समावेश हुनका लागि स्विकारोक्ति दिए भन्नेबारे बताइएको छैन । तर अधिकारीका अनुसार केही लडाकू रुस पुगेको र युक्रेनमा तैनाथीको तयारी गरिरहेका छन् ।
देइर एजजोर प्रकाशनका अनुसार सिरिया र रुसले स्वच्छाले युक्रेनमा लडाईं गर्नेहरुलाई २०० देखि ३०० डलरसम्मको तलब प्रस्ताव गरेको छ । रिपोर्टका अनुसार उनीहरुलाई ६ महिनाका लागि लड्न भनिएको छ । रुसका अधिकारीका अनुसार सिरियामा चलेको एक दशकसम्मको गृहयुद्धका कारण यहाँका जनतासँग लड्ने अनुभव छ र यो युक्रेनको शहरमाथि कब्जा गर्न मद्दत गर्नसक्छन् ।
युक्रेनमा रुसको पक्षमा लड्ने सिरियाली लडाकु विदेशी मात्र नभएर चेचेन सेना पनि पठाइएको अमेरिकी अधिकारीहरुलाई विश्वास छ । चेचन रिपब्लिकका नेता रुसी राष्ट्रपति पुटिनका सहयोगी हुन् ।
विशेषज्ञका अनुसार युक्रेनमा विदेशी लडाकु आउँदा यो देश संघर्षको एक नयाँ इलाका बन्नेछ । उनीहरुले युक्रेनको लडाईं मध्य–पूर्वसँग जोडिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !