शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कार्कीले ल्याए ‘सुनिमाया भाका’

सोमबार, २३ फागुन २०७८, १० : ५०
सोमबार, २३ फागुन २०७८

गुल्मीका वरिष्ठ लोक गायक बम बहादुरले  सुनिमाया भाका हालै बजारमा ल्याएका छन् । गायक कार्कीले आइतबार आफ्नो युट्युव च्यानलमार्फत सुनिमाया भाका बजारमा ल्याएका हुन् ।  उनले सुनिमाया भाकामा एक सताब्दीअघि र २०३० को  दशकसंम्म  गुल्मीसहित पश्चिम नेपालको रहन–सहन, भेष –भुषा कस्तो थियो ? त्यति बेला बुढापाका, युुगल जोडी कसरी प्रस्तुत हुन्थे ?  कोदो रोपाई, घाँस, दाउरा , र अन्य  कामकाज कसरी गर्थे ? लगायतका  त्यतिबेलाका दृश्यहरु भिडियोमा जिवन्त ढंगले समावेश गरेका छन् । 

 ‘सुुनिमाया गीत अहिलेसम्म कसैले बजारमा ल्याउने प्रयास गरेनन् । पूर्णतः लोप हुुने अवस्थामा आएपछि मैले संरक्षणका लागि  सुनिमाया भाकाका केहिी अंश मात्रै अहिले बजारमा ल्याएको हुँ’,  गायक कार्कीले भने, ‘अहिले  यसलाई ट्रेलर मात्रै ठानौ ।  भविष्यमा स्थानीयस्तरकै बुढापाकाहरुबाट  सुनिमाया भाकालाई थप जिवन्त ढंगले बजारमा ल्याउने प्रयासमा जुट्नेछु ।  ’

उनले  गायन क्षेत्रमा प्रवेश गरेदेखि नै पश्चिम नेपालका मौलिक र ठेट शब्द र भाकामा  लोक गीतहरु  गाउँदै आएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप