युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो ।
युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमबार दुई नेताबीच वार्ता हुन लागेको हो ।
युक्रेनी सहर सुमीमा रहेको मेडिकल कलेजको होस्टेलमा फसेका विद्यार्थीहरूलाई हिजो भारतीय दूतावासले ‘छोटो सूचनामा छोड्न’ भनेको थियो । विद्यार्थीहरुलाई सुरक्षित ढंगले उद्दारको संयोजन गर्न पोल्ताभामा अधिकारीहरुको समूह तैनाथ गरिएको छ ।
युद्धग्रस्त क्षेत्रबाट विद्यार्थीहरुको उद्दार अधिकारीहरुका लागि चुनौतीपूर्ण मानिएको छ । चिसोका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । केही विद्यार्थीले जोखिम मोलेर रुसी सीमामा पुग्ने निर्णय गरेको भिडियो सेयर गरेका छन् । तर, सरकारले उनीहरुलाई अनावश्यक जोखिम नमोल्न सुझाएको छ ।
आफ्ना ७०० विद्यार्थीलाई युद्ध प्रभावित क्षेत्रबाट खाली गर्नका लागि उत्तरपूर्वी युक्रेनी सहरमा युद्धबिराम गर्न भारतले युक्रेन र रुसलाई अनुरोध गरेको छ । फेब्रुवरीको अन्त्यतिर रुसी सेनले युक्रेनमा अतिक्रमण गरेपछि उनीहरु त्यहाँ फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड
-
चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा
-
२० जातिको सामाजिक संस्कार
-
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडी सम्मानित
-
सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले