घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने बताए ।
२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियो । स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन् ।
आर्थिक वर्ष ०५७/५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन । उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४०६ पर्यटक भित्रिए । पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन परानै लयमा फर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
-
'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'