सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री

सोमबार, २३ फागुन २०७८, ०९ : ०८
सोमबार, २३ फागुन २०७८

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् । जनतासँग नगर उपप्रमुखु कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएको हो । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी  छन् । जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप