पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पोखरेल
सोमबार, २३ फागुन २०७८, ०९ : ०५
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् । जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए ।
मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।
मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए । उनी आज सोमबार पोखरा फर्कँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवर्तनको हल्ला अस्थिरता मच्चाउने तत्त्वहरुले चलाए : प्रधानमन्त्री
-
सत्ताबाट हटेपछि प्रचण्ड देश दौडाहामा, ६ महिनामा कहाँ–कहाँ पुगे ?
-
भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)
-
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण
-
एपिएफलाई स्तब्ध बनाउँदै मच्छिन्द्र सेमिफाइनलमा
-
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन