मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

सोमबार, २३ फागुन २०७८, ०९ : ०१
सोमबार, २३ फागुन २०७८

गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको हो । यस्तै लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बनेको छ । 

आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा परेको हो भने  लुम्बिनी प्रदेशमा पहिलो उत्कृष्ट गाउँपालिकाको मुुल्याङ्नमा परेको हो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको  थियो । जसमा मुुल्याङनको  १७  सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे–नगरेको, असार मासन्तभित्र बजेट पास भए –नभएको , राजस्व बाँडफाँट गरे–नगरेको, आगामी आर्थिक बर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे– नगरेको विषयमा मूल्यांकन आयोगले गरेको  थियो । त्यसका अलवा  विद्यालयहरुमा विद्यार्थी भर्नाको अवस्था,बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायतआन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे –नगरेको,  गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या,  शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई  आयोगले अंक दिएको थियो।
७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८.६९ अंक डडेल्धुराको अजयमेरु गाउँपालिकाले पाएको छ । मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएर दोस्रो भएको छ । तेस्रोमा रहेको धुर्कोटले ७६.५४ अंक पाउँदा चौँथो ७६.४९ अंकका साथ कैलालीको कैलारी गाउँपालिका भएको छ । यस्तै  ७६.३८ अंकका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका पाचौँ भएको छ ।  

यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९–८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने संघीय संचित कोषको समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।

धुर्कोट गाउँपालिका  प्रमुख  भुपाल पोखरेलले  यो मूल्यांकनले धुर्कोट गाउँपालिका परिवार निकै हर्षित र उत्साहित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप