नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पुर्याउन लागिपर्छुः राजदूत आचार्य
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पुर्याउन लागिपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले लन्डन दूतावासमा गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसँगको सहकार्यलाई दूतावासले उच्च महत्वसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । पत्रकारहरुसंग सहयोग आदाप्रदान गर्न दूतावास सधैं तयार रहने जनाउँदै उनले त्यसका लागि निरन्तर छलफल र समन्वय गर्दै जाने बताए ।
उनले भूपू गोर्खाहरुको मुद्धालाई आफ्नो मूल प्राथमिकतामा राखेको भन्दै यो समस्याको स्थायी समाधान खोजिने बताए । दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले बेलायतस्थित नेपाली पत्रकारहरु र पत्रकार महासंघबाट दूतावासलाई निरन्तर सहयोग मिल्दै आएको उल्लेख गर्दै प्रशंसा गरिन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावास र शाखाबीच रहँदै आएको सहकार्य राजदूत आचार्यको कार्यकालमा थप सुदृढ बन्ने आशा व्यक्त गरे । बेलायतस्थित नेपाली पत्रकार र मिडियाको स्तर उन्नति गर्ने महासंघको पहलमा पनि दूतावासको सहयोगी भूमिका अपेक्षा गरेको उनले बताए ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतमा नयाँ राजदूतको रुपमा एक अनुभवी कुटनितिज्ञको आगमन भएसँगै यहाँका नेपालीहरुमा धेरै आशा र अपेक्षाहरु पलाएको बताए । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका उनले बेलायतमा नेपाली पत्रकारिताको पृष्ठभूमि र सुरुआती दिनहरुबारे पनि सुनाएका थिए ।
शाखाका पूर्व अध्यक्ष चिरन शर्माले बेलायतस्थित पत्रकारहरु दूतावसको सहयोगका लागि सधै तयार रहेको भन्दै पत्रकारहरुलाई आवश्यक सूचनालाई थप सहज बनाइदिन दूतावासलाई आग्रह गरे ।
त्यस अवसरमा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार, सेकेण्ड सेक्रेटरी रामबाबु नेपाल, सहचारीद्धय पुजन पाण्डे र गजेन्द्र राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकार फडिन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कार्यसमिति सदस्यहरु गोमा राना र बाचस्पति रेग्मीसहित करुण अर्याल, एभरेष्ट गौतम, फातिमा बानु, प्रकाश कंडेललगायतका पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गरेका थिए ।
सोहि अवसरमा बेलायत भ्रमणमा आएका पत्रकार गिरिजा अधिकारीलाई पनि शाखाका तर्फबाट स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता