काउलेपानीमा लालीगुराँस प्याकेज
लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।
काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् । विशेष गरेर स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनले बताए । सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ बेड छ ।
समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । शाहबंसिय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देबीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ ।काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागी प्याकेजको व्यवस्था गरिएको छ ।
काउलेपानीमा १२ महिने पर्यटकहरुको मन लोभ्याउने प्रशस्तै रमणियस्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काउलेपानीमा चैत्र र बैशाखमा काफल र ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाई प्याकेज र साउनमा कोदो रोपाई प्याकेज रहेका छन् । यसैगरी भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाँइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । लमजुङको सदरमुकाम वेसीशहरबाट मोटरमा करिव ८ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदलयात्राबाट डेढ घण्टामा पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा