शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकलाई दाँत उपहार

सोमबार, २३ फागुन २०७८, ०८ : २१
सोमबार, २३ फागुन २०७८

ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।  सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताए । उनका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्ने छ । यस पछि कति दाँत लगाउनुपर्ने यसको नाप लिइने छ । सबै वडामा ज्येष्ठ नागरिकको दाँतको आकारको नाप प्राविधिकले लिनेछ । यस पछि सोही नापअनुसारको दाँतको डिजाइन गरेर गाउँपालिका केन्द्रमा दाँत उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दन्त उपहार उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौता समेत भएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए । 

ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममा मार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराउन लागेको गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताए । दाँत नहुँदा दैनिकजसो खाना खान, आफ्ना आफन्तसँग बोल्न, मेलापात जान साथै सौदर्यतासमेत प्रभाव पर्ने र त्यति मात्र नभएर मानिसकरुपमा समेत नकारात्मक प्रभाव हुने भएको भएकाले गाउँपालिकाले ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि दन्त उपहार उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप