विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ
सोमबार, २३ फागुन २०७८, ०७ : ४५
अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।
त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरीको भनाइ छ । शिक्षकलाई पक्राउ गरी अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय