शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा

सोमबार, २३ फागुन २०७८, ०७ : ३२
सोमबार, २३ फागुन २०७८

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति ​नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिरुले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । 

जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । पराजित नापोली २८ खेलबाट ५७ अंक सहित  तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप