रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की
रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् । उनले भने, ‘भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेट आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।’
रुसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् । भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रुस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।
विमानस्थलमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहोर्याएका छन् । हामी हरेक दिन दोहोर्याइरहेका छौं । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र यूक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस् ।’
उनले यूक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौ यूक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलमा अधिकांश विषयमा सहमति, ‘संकटग्रस्त सहकारी’को परिभाषामा मतभेद
-
एनभीएले जनायो गम्भीर ध्यानाकर्षण
-
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
-
काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
-
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
-
मधेस प्रदेश : नयाँ सरकार बनाउने प्रक्रियामा ब्रेक