बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेस : सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा

आइतबार, २२ फागुन २०७८, २१ : ४२
आइतबार, २२ फागुन २०७८

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने निर्वाचनमा सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जना आकांक्षी उम्मेदवार देखिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा सन्तोष यादवले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका योगेन्द्र पंजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादव भिड्दैछन् । पंजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गुटका हुन् । यादव अघिल्लो कार्यकालमा उपसभापति भैसकेका छन् ।

यस्तै उपसभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा गणेशप्रसाद जयसवाल, हरिशंकर साह, रामसोभित दाहा (धानुक), सुरेन्द्रप्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादव रहेका छन् । त्यस्तै सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवलकिशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकरकुमार गोइत, दिपेन्द्रकुमार भडखेर र कन्हैयाकुमार कर्ण उम्मेदवारी दिएका छन् ।

सहसचिव पदमामा धर्मनाथ यादव, सुरेश कोइराला, महेशकुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो.साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा कुल ९१ वटा पद निर्धारण गरिएको छ । विभिन्न ९१ वटा पदका लागि २४० जना आकांक्षी उम्मेदवार भिड्दैछन् ।

काँग्रेस धनुषा निर्वाचन समितिका अधिकृत अरुण ज्ञवालीकाअनुसार सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ भने ३ हजार १९७ मतदाताले मतदान गर्नेछन् ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप