ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्यापछि आत्महत्या
![ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्यापछि आत्महत्या](https://rpcdn.ratopati.com/media/albums/bsf_Ja6mEmN1W0.jpg)
ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही क्रममा गोली चलाउने सिपाहीले पछि आफैलाई पनि गोली हानेका थिए ।
उनको पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् । मृतक जवानको पोस्टमार्टम सिभिल अस्पताल अमृतसरमा भइरहेको छ । प्राप्त जानकारी अनुसार १४४ बटालियनका जवानहरू बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए । सत्यप्पा एसके रिसमा आएर अन्धाधुन्ध गोली चलाउन थाले । मेसमा गोली चलाएर सत्यप्पाले आफ्ना ४ जना सहकर्मीको हत्या गरेका थिए भने एक युवक राहुल गम्भीर घाइते भएका थिए। सत्यप्पा यतिमा पनि रोकिएनन् । उनी आफ्नो सर्विस कम्बाइन लिएर मेसबाट बाहिर निस्किए फायर गर्न जारी राखेका थिए ।
अन्ततः समातिने डरले सत्यप्पाले आफैलाई पनि गोली हाने । चार जवानको घटनास्थलमै मृत्यु भयो, हवल्दार सत्यप्पा र एक अन्य घाइते जवानलाई अस्पताल लगिएको थियो। बाटोमै सत्यप्पाको मृत्यु भयो ।
गुरुनानक देव अस्पतालमा ल्याएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते प्रहरी जवानको उपचार जारी रहेपनि अवस्था चिन्ताजनक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप