आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्यापछि आत्महत्या

आइतबार, २२ फागुन २०७८, २१ : ००
आइतबार, २२ फागुन २०७८

ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध  गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही क्रममा गोली चलाउने सिपाहीले पछि आफैलाई पनि गोली हानेका थिए ।

उनको पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् । मृतक जवानको पोस्टमार्टम सिभिल अस्पताल अमृतसरमा भइरहेको छ । प्राप्त जानकारी अनुसार १४४ बटालियनका जवानहरू बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए । सत्यप्पा एसके रिसमा आएर अन्धाधुन्ध गोली चलाउन थाले । मेसमा गोली चलाएर सत्यप्पाले आफ्ना ४ जना सहकर्मीको हत्या गरेका थिए भने एक युवक राहुल गम्भीर घाइते भएका थिए। सत्यप्पा यतिमा पनि रोकिएनन् । उनी आफ्नो सर्विस कम्बाइन लिएर मेसबाट बाहिर निस्किए फायर गर्न जारी राखेका थिए ।

अन्ततः समातिने डरले सत्यप्पाले आफैलाई पनि गोली हाने । चार जवानको घटनास्थलमै मृत्यु भयो,  हवल्दार सत्यप्पा र एक अन्य घाइते जवानलाई अस्पताल लगिएको थियो। बाटोमै सत्यप्पाको मृत्यु भयो । 
गुरुनानक देव अस्पतालमा ल्याएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते प्रहरी जवानको उपचार जारी रहेपनि अवस्था चिन्ताजनक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप