आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेढ करोड हुन्डीको रकम : थप १ जना कारोबारी पक्राउ

आइतबार, २२ फागुन २०७८, २० : २७
आइतबार, २२ फागुन २०७८

काठमाडौंको बाफलबाट प्रहरीले १ करोड ५० लाख अवैध हुन्डी कारोबारमा संलग्न थप एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट भारत फर्मेन्जगञ्ज घर भएका अमित अग्रवाललाई पक्राउ गरेको छ । अग्रवालसँगै हुण्डी कारोबारमा संलग्न काठमाडौं–१३ घर भएका बिक्की खड्गीलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । 

सुराकीको आधारमा पछ्याएर प्रहरीले कुमार ध्वज जोशीको घरमा डेरामा बस्ने ३२ वर्षीय अग्रवाललाई पहिले पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट हुन्डी कारोबारमा खड्गी सहयोगी रहेको थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप