९३ बर्षीय वरिष्ठ वामपन्थी नेता वर्माको निधन
आइतबार, २२ फागुन २०७८, २० : २६
वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । उनी केही साता यता धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा उपचाररत रहेका थिए । नेता वर्माको आइतबार साडे चार बजेतिर निधन भएको उनकी छोरी डा. शीला वर्माले जानकारी दिइन् । स्वर्गीय वर्माको आजै दाहसंस्कार गरिने छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना (२००६) सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील रहेका वर्मा २००७ सालको क्रान्तिका योद्धा थिए । वर्माले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरू लेखेका छन् । ०४६ सालपछि उनले नेकपा (वर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने