सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलको एमालेलाई प्रश्नः संसद अवरोध के भयो त अब ?

आइतबार, २२ फागुन २०७८, २० : ०७
आइतबार, २२ फागुन २०७८

एमाले सांसद भीम रावलले पार्टीले प्रतिनिधिसभामा देखाएको दोहोरो भूमिकाप्रति कटाक्ष गरेका छन् । राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा नबोल्ने एमाले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियामा भने सामेल भएको भन्दै कटाक्ष गरेका हुन् । 

उनले संसद अवरोध अब के हुन्छ भन्दै प्रश्न पनि गरेका छन् । ‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ?’, उनले ट्वीटरमा प्रश्न गरेका छन् । 
एमालेले एमसीसी पास गर्ने क्रमममा सभामुखको भूमिकालाई लिएर संसदमा अवरोध कायमै राख्दा रावल एक्लैले एमसीसीको विपक्षमा बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप