वन फडानी गरी मेडिकल कलेज नबनाउन सर्वोच्चको आदेश
महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको स्थापना गर्नका लागि आन्तरिक तयारी भइरहेका बेला संघीय सरकारको योजना असफल भएको छ । सर्वोच्च अदालतले वन अतिक्रमण गरी बर्दिवास मेडिकल कलेज स्थापना नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर देवनारायण मण्डलले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले दिएको अन्तरिम आदेश अनुसार वन सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु/नगराउनु, त्यस स्थानमा रहेका रूख विरुवा नकाट्नु, वन्यजन्तुलाई हानी नोक्सानी हुने कार्य नगर्नु नगराउनु त्यो वन क्षेत्र हाल यथास्थितिमा संरक्षित रुपमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (१) (क) बमोजिम उल्लेख गरिएको छ ।
रिट निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्मका लागि सो जग्गामा मेडिकल कलेज स्थापना नगर्न अदालतले आदेश दिएको छ । बर्दिबासको पूर्व पश्चिम राजमार्गसँगै जोडिएको उत्तर र भब्सी खोलाको पश्चिमी किनारको वन क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने आन्तरिक तयारी अन्तिम चरणमा छ । प्रस्तावित मेडिकल कलेजका लागि १०५ हेक्टर वन क्षेत्रका ५६८१ रुख कटान गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?