भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु भेटियो
भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर १०, चित्तपोलमा रहेका तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेबी शर्माले जानकारी दिइन् ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो । वर्डफ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म र हरिकृष्ण कवांको अजिमा पोल्ट्री फार्म रहेका छन् ।
प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरूमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको प्रजिअ शर्माको भनाइ रहेको छ । एउटा फार्मको ७ हजार कुखुरा मरेपछि मात्रै किसानले खबर गरेका थिए ।
प्रजिअ शर्माले भनिन्, ‘नाकाहरुमा साथै स्थानीयस्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहहरुको सहकार्य र समन्वयमा पन्छी, पन्छीजन्य वस्तुहर ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको छौँ ।’
जिल्लामा वर्डफ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले वर्डफ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ । बैठकले शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्यांकी जाने बाटोको चार किला भित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण