सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु भेटियो

आइतबार, २२ फागुन २०७८, १८ : ४२
आइतबार, २२ फागुन २०७८

भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर १०, चित्तपोलमा रहेका तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको  प्रमुख जिल्ला अधिकारी रुद्रदेबी शर्माले जानकारी दिइन् । 

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो । वर्डफ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म र हरिकृष्ण कवांको अजिमा पोल्ट्री फार्म रहेका छन् ।

प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरूमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको प्रजिअ शर्माको भनाइ रहेको छ । एउटा फार्मको ७ हजार कुखुरा मरेपछि मात्रै किसानले खबर गरेका थिए । 

प्रजिअ शर्माले भनिन्, ‘नाकाहरुमा साथै स्थानीयस्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहहरुको सहकार्य र समन्वयमा पन्छी, पन्छीजन्य वस्तुहर ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको छौँ ।’

जिल्लामा वर्डफ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले वर्डफ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ । बैठकले शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्यांकी जाने बाटोको चार किला भित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप