बाँतर समुदायको पहिलो डाक्टर बने अर्जुन
![बाँतर समुदायको पहिलो डाक्टर बने अर्जुन](https://rpcdn.ratopati.com/media/albums/doctor_gYKQT14FGv.jpg)
सप्तरीका सरदार (बाँतर) समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन् । कञ्चनरुप नगरपालिका–८ का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेका हुन् । उनी डा भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ ।
अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र बाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए । डाक्टर सरदार हुने बिरुवाको चिल्लो पात भने झै सानैदेखि मेहनती थिए । बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियो । उनले आमाको मेहनतले आफू डा. बन्न सफल भएको बताए।
नेपालको बाँतर समुदायमा पहिलो डा। बन्न सफल भएकोले गाउँ नै खुशी छ । 'हाम्रो समुदायमा म मात्रै डाक्टर भएर पुग्दैन । म जस्तै यस समुदायका भाइ बहिनीहरू पनि डाक्टर बन्नुपर्छ' सरदारले भने । बाँतर समुदायमा पहिलो एमबीबीएस डाक्टर बन्न सफल भएकोले गाउँ घरमै बिरामीहरुलाई सेवा गर्नु पर्ने छिमेकीहरूको भनाइ रहेको छ। स्थानीय सुनिता कुमारी सरदारले भनिन्, 'झवाँतर समुदाय समुदायमा अर्जुन जस्तै अरु बाँतर समुदाय अगाडी बढ्न जरुरी छ ।'
दलित समुदायले आफना छोरा छोरीहरुलाई ५ देखि १० कक्षासम्म पढाएर विवाह गर्ने प्रवृत्तिको अन्त्य गरेर उच्च शिक्षामा जोड दिनुपर्ने स्थानीय राजकुमार पासवानले बताए । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाथरस पुगे मुख्यमन्त्री योगी, भागदौडका घाइतेसँग भेटघाट
-
‘हाम्रो राजनीतिमा वामपन्थी र गैरवामपन्थी ध्रुवीकरण भएकै छैन’
-
काठ तस्करको जालो : रित्तो बाल्टीले कसरी न्याय पाउला ?
-
‘ऊनको स्विटर’ छायाङ्कनमा विपिनको प्रेसर हाई भएपछि ...
-
टीआरसी सहजीकरण संयन्त्रको बैठक सुरु
-
आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने