बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

आइतबार, २२ फागुन २०७८, १७ : ०४
आइतबार, २२ फागुन २०७८

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विशेष गरी स्त्री रोगसँग सम्बन्धित स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो । वरिष्ठ स्त्री रोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा, ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपिडी सञ्चालन गर्ने भएका हुन् । यो सेवा २४ गते बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । 

बाँझोपन, स्त्री रोगको समस्या तथा स्तन क्यान्सरको समस्या बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपकचन्द्र बरालले बताए । उनका अनुसार शिविरमा अल्ट्रासाउन्डमा ५० प्रतिशत, ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवासमेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । स्त्री रोगसम्बन्धी कुनै पनि समस्या भएका र ल्याप्रोस्कोपी सर्जरीबाटै अप्रेशन गर्नु नै पर्ने अवस्था भएकाहरुलाई पनि यस दिन ३० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप