पत्रकारबीच पहिलो एफएनजे मिडिया कप फुटसल प्रतियोगिता हुने
आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ । साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास रहेको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने महासंघले अपेक्षा गरेको छ । दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसिएट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले अपिल गरेको छ । महासंघको स्थापना दिवस १६ चैतमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प
-
अपडेट : खुर्कोट बजारस्थित सशस्त्रको बेसबाट हतियार सारियो
-
ग्यास चुहिँदै गरेको अवस्थामा बाढीले बगायो बुलेट, च्यासल क्षेत्रमा त्रास
-
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
-
बाढीले खुकोर्ट बसपार्क डुबानमा, बीपी राजमार्ग अवरुद्ध
-
कुलेखानीको २ वटा ढोका खोलियो