धरानको होटलमा महिलाको हत्या आरोपमा एक युवक पक्राउ
प्रहरीले धरानको होटलमा महिलाको हत्या गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । धरानको होटलमा मृत अवस्थामा भेटिएकी महिला (सुमित्रा तामाङ)को हत्या आरोपमा राम भनिने विनेश राना पक्राउ परेका हुन् ।
यही माघ १७ गते सुनसरी जिल्लाको धरान स्थित कान्तिपुर होटल एण्ड लजमा महिलाको शव फेला परेको थियो । शंकास्पद अवस्थामा शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले रानालाई पक्राउ गरेको धरानका प्रहरी नायव उपरिक्षक (डीएसपी)ले नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
मृतक महिलाको श्रीमान वैदेशिक रोजगारीमा रहेको समेत अनुसन्धानबाट खुलेको छ । मृतक महिला र हत्या आरोपमा पक्राउ परेका रानाबीच करिब १ वर्ष अघिदेखि चिनजान रहेको समेत खुलेको डीएसपी कुँवरले जानकारी दिए ।
पहिलेदेखि नै चिनजान रहेका उनीहरू सल्लाहमै कान्तिपुर होटलमा गएको र दुवै जनाले मादक पदार्थ सेवन गरको खुलेको छ । सोहीक्रममा महिलाले अन्य पुरुषसँग मोबाइलमा कुराकानी गरेको विषयमा विवाद बढ्दै जाँदा घाँटी थिचेर हत्या गरेको रानाले स्वीकारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना
-
चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता
-
रवि पत्नी निकिताको आरोप, ‘मिडियाले धर्म छाडेँ’
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा