शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्बमा खुम्चियो

आइतबार, २२ फागुन २०७८, १५ : २३
आइतबार, २२ फागुन २०७८

सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । 

यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । ३ अंकले घटेको बजारमा आज २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप