नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्बमा खुम्चियो
आइतबार, २२ फागुन २०७८, १५ : २३
सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।
यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । ३ अंकले घटेको बजारमा आज २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण