बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा

आइतबार, २२ फागुन २०७८, १५ : ०२
आइतबार, २२ फागुन २०७८

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप