युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे अपिल, रुसविरुद्ध लडाईं जारी राख्नू
रुसका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसको हमलाविरुद्ध लडाईं जारी राख्न अपिल गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले शनिबार राती किभबाट देशलाई सम्बोधन गरे । उनले मानिसमा जोश भर्दै अब जवाफ दिने समय आएको बताए ।
उनले भने, ‘तपाईंहरु बाहिर निस्कन र यो खराबीलाई आफ्नो शहरबाट बाहिर फ्याँक्न आवश्यकता छ ।’
तर यसका साथै उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल पनि गरे ।
उनले अमेरिकासँग रुस समर्थित लडाकू विमान दिन अनुरोध गरे । यी विमानलाई युक्रेनका पाइलटले पनि चलाउन सक्ने कुरालाई उनले जानकारी दिए ।
युक्रेनलाई मिग लडाकू विमान प्रदान गर्नका लागि अमेरिकी अधिकारी पोल्याण्डका नेताको सम्पर्कमा भएको बताइन्छ ।
पोल्याण्डले सोभियत कालका लडाकू विमानको प्रयोग क्रमशः बन्द गरिरहेका छन् । यस्तोमा यी विमान युक्रेनलाई दिन सकिन्छ किनभने युक्रेनका पाइलटले पश्चिम देशमा निर्मित विमानलाई उडाउन प्रशिक्षण पाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?