जारा र पेपलले पनि बन्द गरे रुसमा सेवा
आइतबार, २२ फागुन २०७८, १४ : ३७

स्पेननिस फेसन कम्पनी जारा र अमेरिकी भुक्तानी प्रदायक कम्पनी पेपलले रुसमा सेवा बन्द गरेका छन् । छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेपछि यी दुई कम्पनीले पनि रुसमथि प्रतिबन्ध लगाउँदै सेवा बन्द गरेका हुन् ।
स्पनेनिस कम्पनी जाराले रुसमा आफ्ना ५०२ स्टोरबाट रुसमा सेवा प्रदान गर्दै आएको थियो । अब ती सबै स्टोर बन्द हुने समाचार संस्था बीबीसीले जनाएको छ । यस्तै, अनलाइन भुक्तानी सेवा प्रदायक पेपलले पनि रुसमा सेवा बन्द गरेको छ ।
जाराले रुसमा रहेका सयौं स्टोर बन्द गरेसँगै ९ हजारभन्दा बढी रोजगार प्रभावित हुने बताइएको छ । यसअघि, अन्तर्राष्ट्रिय ब्राण्डहरूले रुसमाथि सेवा बन्द गरिसकेका छन् । रुसमा, एप्पल, नेटफ्लिक्स, गुगल, रोल्स रोयस, जनरल मोटर्स जस्ता ठूला अमेरिकी ब्राण्डले यसअघि नै सेवा बन्द गरिसकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङ : कार्यकर्ताबाटै कज्याइए पर्शुराम
-
स्थापना दिवसमा नेविसंघले वृक्षारोपण गर्यो
-
बुटवलमा युवतीमाथि गोली प्रहार
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ