आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुस युक्रेन युद्धको प्रभाव : विस्थापित महिलालाई यौनदासी बनाइने खतरा

आइतबार, २२ फागुन २०७८, १४ : १८
आइतबार, २२ फागुन २०७८

युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको  रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपेली संघका अधिकारी र संयुक्त राष्ट्रसंघले युक्रेनबाट झन्डै ७० लाख मानिस पोल्याण्ड,मोल्दोभा, रोमानिया, स्लोभाकिया र हंगेरीतर्फ जान सक्ने चिन्ता जनाएका छन् । यसले मानव तस्करीको अवस्था आउन सक्ने अभियानकर्ताहरुले बताएका छन् ।

उनीहरुमध्ये धेरै यौनदासीमा परिणत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता जनाएका छन् ।  यक्रेनबाट बाहिरिने महिला र उनीहरुका परिवारहरूले निःशुल्क यातायातको प्रस्ताव स्वीकार गरिसकेका छन् । तर आपराधिक समूहले भने उनीहरुका लागि भुक्तानीको माग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । एक २७ वर्षीय महिलाले भनिन्, ‘पोल्याण्डमा गएकी एक महिला साथीले वार्सासम्म निःशुल्क लगिदिने र त्यहाँ पुगेपछि भने पैसा दिनुपर्ने माग आउने गरेको छ ।’

ती महिलाका अनुसार उनीहरुले शारीरिक रुपमा केही नगरेको तर निकै आक्रमक देखिएको बताइन् । भुक्तानी माग्नेहरुले उसका लागि काम गर्नुपर्ने शर्त राखेको समेत उनले बताइन् ।  उनले भनिन् , उसले त्यस्तो प्रस्ताव राखेपछि म चिच्याए र भाग्न सफल भए, यो दृश्य मानिसले हेरिरहेका थिए ।’ उनले मानिसलाई सचेत हुनका लागि आग्रह समेत गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप