शीर्ष स्थानमा टाटा नेक्सन
![शीर्ष स्थानमा टाटा नेक्सन](https://rpcdn.ratopati.com/media/albums/tata_nexon_electric_aChB3bSLjN.jpg)
सन् २०२२ को फेबु्रअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल भएको छ । यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा रहन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेबु्रअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ ।
यो गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयुभी हो । नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब–फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित छ । फेबु्रअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्रि गरेर परेको छ । जुन गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो ।
यसबाहेक सबैभन्दा धेरै बिक्री हुने एसयुभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ । त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयुभी–३०० परेको छ । केहि महिना लगातार टाटा मोटर्सले आफ्नो स्थान मजबूत गर्दै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३३ वर्षकी पुगिन् नोरा : ५ हजार रुपैयाँ लिएर आएकी उनी आज करोडौँको मालिक
-
क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश
-
जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने
-
भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
-
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !