अघि बढ्दै प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया, समिति गठन हुँदै
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा महाभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्षसँग छलफल गरेर मात्र आफ्नो दलबाट समिति गठनका लागि सदस्यको नाम दिने बताएको र त्यसका लागि समय मागेको संसद सचिवालय स्रोतको भनाई छ ।
गत फागुन १ गते राणामाथि महाभियोग दर्ता भएको थियो । आजको बैठकमा प्रतिनिधि सभाको शून्य समय र विशेष समय चलाउने, अघि बढ्न बाँकी रहेका विधेयकहरुलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'