सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लगानी साक्षरता ‘बुटक्याम्प’ आयोजना

आइतबार, २२ फागुन २०७८, १५ : ०३
आइतबार, २२ फागुन २०७८

सेन्टर फर फाइनान्स बैंकिङ एण्ड इन्स्योरेन्सले लगानी साक्षरता सम्बन्धि बुटक्याम्प आयोजना गरेको छ । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्सले यो कार्यक्रम फागुन २२ सम्म गर्ने भएको हो । कार्यक्रममा बैंक, स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी र सेयर बजारका खेलाडीहरूको सहकार्य रहेको छ । 

६ दिनसम्म चल्ने बुटक्याम्पले नेपाल स्टक एक्सचेन्जमा लगानीलाई कसरी सुरुवात गर्ने आधारभूत कुराहरू सिकाउँछ । शेयर बजारमा लगानी गर्न इच्छुक तर कहाँबाट सुरु गर्ने अनिश्चित भएकाहरुका लागि यो क्याम्प उपयोगी हुने आयोजकले जनाएको छ । क्याम्पमा एनआइबीएल एसीइ क्यापिटल, अनलाइन सेक्युरिटिज, एसएमटीएम क्यापिटलका विशेषज्ञहरूले जानकारी दिनेछन् । यो क्याम्प सबैका लागि निःशुल्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप