बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकालाई चीनको सन्देश : आगोमा घ्यू थप्ने काम स्वीकार्य छैन

आइतबार, २२ फागुन २०७८, १३ : ०८
आइतबार, २२ फागुन २०७८

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनलाई बेइजिङले आगोमा घ्यू थप्ने कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्। ग्लोबल टाइम्सको रिपोर्टमा वाङ यीले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै यो संकट वार्ता र छलफलबाट मात्र समाधान गर्न सकिने बताएका हुन् ।

दुई हप्तामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो। यो संकटले चीनका लागि ठूलो चुनौती खडा गरेको छ । चीनले रुसको आक्रमणलाई अहिलेसम्म निन्दा वा समर्थन गरेको छैन । बेइजिङ आफूलाई युद्धको समर्थक समर्थकका रुपमा देखाउन चाहँदैन  । साथै मस्कोसँग सैन्य र रणनीतिक सम्बन्ध सुदृढ गर्न चाहन्छ।

वाङले अमेरिका,नेटो र युरोपेली संघलाई रुससँग निष्पक्ष वार्ता गर्न र नेटोको विस्तारलाई लिएर मस्कोको सुरक्षा चिन्तालाई स्वीकार गर्न पनि आग्रह गरेको रिपोर्टमा भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप