युरोपमा साइबर आक्रमण : जर्मनी, फ्रान्ससहित ५ देशका १५ हजार प्रयोगकर्ता प्रभावित
युक्रेन र रुसकाबीचको युद्धको ११ औं दिनमा पनि लडाईँ जारी छ । यसबीच युरोपेली देशमा ठूलो साइबर आक्रमण भएको छ । एएफपीका अनुसार यो आक्रमणपछि युरोपका कयौं शहरका हजारौ प्रयोगकर्ताको इन्टरनेट बन्द भएको छ । स्याटेलाइट इन्टरनेट सेवा दिने कम्पनी बिगब्लूूका अनुसार यसबाट युरोपका जर्मनी, फ्रान्स, इटाली, ग्रिस र पोल्यान्डका करिब ४० हजार प्रयोगकर्ताका १५ हजार इन्टरनेट बन्द भएकाले प्रभावित भएका छन् । जर्मनी र मध्य युरोपमा ११ गिगावाटको करिब ५८०० वायु टर्बाइन पनि बन्द भएका छन् ।
युरोपमा कयौं स्थानमा नेटवर्क अवरुद्ध भएका छन्
बिगब्लूको पेरेन्ट कम्पनी युटेलसेट पनि युजरमाथि भएको आक्रमणबाट प्रभावित भएको जनाएको छ । भायसेट अमेरिकाको संचार कम्पनी हो । अमेरिकामा भायसेटले भनेको छ,‘साइबर आक्रमणपछि युरोपमा युक्रेन र अन्य स्थानमा नेटवर्क प्रभावित भएको थियो, जुन यसको केए–सेट स्याटेलाइटसँग सम्बन्धित थियो । यद्यपि भायसेटले यस विषयमा धेरै जानकारी भने दिएको छैन । कम्पनीका अनुसार प्रहरीले साइबर अपराधमा आधारित रहेर घटनाको जाँच गरिरहेको छ ।
२४ फेब्रअरी देखि नै ९००० प्रयोगकर्ताको सम्पर्क बन्द
२४ फेब्रअरी मा पनि भायसेटमा एक ठूलो आक्रमण भएको थियो । यसका कारण फ्रान्समा यसको सहायक कम्पनी नर्डनेट स्याटेलाइट इन्टरनेट सर्भिसको करिब ९ हजार इन्टरनेट सम्पर्क बन्द भएको छ । २४ फेब्रअरीदेखि भएको साइबर आक्रमणपछि प्रयोगकर्ताहरुले इन्टरनेट प्रयोग गर्न पाइरहेका छैनन् ।
उता जर्मन म्यानुफ्याक्चर एनरकोनका अनुसार रुसले युक्रेनमाथि हमला गरेको पहिलो दिन अर्थात् २४ फेब्रअरीमा सुरु भएको थियो । इन्टरनेट नचलेकाले हजारौँ वायु उर्जा कन्भर्टरको निगरानी प्रभावित भएको छ । यसपछि जर्मनी र मध्य युरोपमा ११ गिगावाटको करिब ५८०० वायु टर्बाइन बन्द भएका छन् । यद्यपि, वायु टर्बाइनका लागि ठूलो खतरा भने छैन् । तर यसलाई रिसेट गर्न सकिन्न ।
स्याटलाइटको हजारौ टर्मिनल बन्द
फ्रान्सका स्पेस कमान्डका प्रमुख जनरल मिशेल फ्रिडलिङले पनि साइबर आक्रमणको पुष्टि गरेका छन् । फ्रिडलिङले भने,‘हामीसँग एक स्याटेलाईट नेटवर्क छ, जसले विशेष रुपमा युरोप र युक्रेनलाई समेट्छ । यो साइबर हमलाको शिकार भएको छ । हमलापछि यो टर्मिनल बन्द भएको छ ।
रुस–युक्रेन संघर्षले साइबर हमला बढ्ने
सैन्य र साइबर विशेषज्ञलाई रुस–युक्रेन लडाइले साइबर हमला बढ्न सक्छ । यसले साइबर हतियारको रुप लिन सक्छ । यसको रुस र युक्रेनका साथै विश्वभरिमा असर पार्न सक्ने छ । यसबाट मानिसले समस्याको सामना गर्नु पर्ने हुन सक्छ ।
युक्रेनमा पहिले पनि भइसकेको छ साइबर आक्रमण
जनवरीमा पनि युक्रेनमा साइबर हमला भइसकेको छ । त्यतिबेला ७० वेबसाइटले काम गर्न बन्द गरेका थिए । उक्त समयमा पनि युक्रेनले रुसमाथि आरोप लगाएको थियो । रुसले युक्रेनमा ठूलो साइबर हमला गरेको थियो । ठूलो रुपमा साइबर हमलापछि युक्रेनका कयौं वेबसाइट अस्थायी रुपमा बन्द भएका थिए । नटपेट्या भाइरसको माध्यमबाट विश्वभरीमा १० अर्ब डलरको नोक्सानी भएको थियो ।