सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

दमौलीमा आगलागी : हार्डवेयरबाट फैलियो आगो, हेलिकप्टरबाट पानी हालियो (अपडेट)

७ वटा दमकल परिचालन
आइतबार, २२ फागुन २०७८, १२ : ३६
आइतबार, २२ फागुन २०७८

तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । जमिनबाट पनि निभाउने प्रयास भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले रातोपाटीलाई बताए ।

आगो नियन्त्रणमा लिन ७ वटा दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । आगोको फैलावट रोक्नका लागि सुरक्षाकर्मीले डोजर लगाएर ४ वटा टहरा भत्काएका छन् । आगो नियन्त्रणका लागि पोखरा र लमजुङबाट पनि दमकल मगाइएको छ । जमिनबाट आगो निभाउन समस्या भएपछि गृह मन्त्रालयले सिम्रिक एयरको हेलिकप्टर तनहुँ पठाएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप