बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बढी कागतीपानी पिउनु हानिकारक, देखिन सक्छन् यस्ता समस्या

आइतबार, २२ फागुन २०७८, १२ : २८
आइतबार, २२ फागुन २०७८

तन्दरुस्त रहन कतिपयले कागतीपानी पिउने गर्छन् ।  यसबाट पाचन प्रणाली राम्रो हुन्छ भने छालामा चमक आउछ । यस्तै वजन कम हुन्छ, शरीर हाइड्रेड हुुन्छ र शरीरलाई भिटामिन सी पनि प्राप्त हुन्छ । केही मानिसको वर्षभरीनै कागती पानी पिउने बानीनै बनिसकेको हुन्छ । यो बानी राम्रो हो, तर आवश्यकता भन्दाबढी कागती पानीको प्रयोग नोक्सानीपूर्ण हुन जान्छ । कागतीको फाइदालाई लिएर यदि यसको प्रयोग धेरैनै गर्न थालियो भने सावधान हुनु आवश्यक छ । 

पेटमा हुनसक्छ समस्या
कागतीको अधिक सेवनले ग्यास्टिक अल्सरको खतरा बढ्न जान्छ । यसबाट लूज मोसन, पेटमा दुखाई जस्ता समस्या हुन्छ । कागतीमा अक्सलेट पाइन्छ । कागतीको अधिक सेवनले यो पेटमा गएर अक्सलेट क्रिस्टलको रुप लिन्छ, जुन अगाडि गएर मिर्गौलाको स्टोन वा गल ब्लाडर स्टोन बन्न सक्छ ।

यस्तै कागतीमा रहेको साइट्रस अम्लको असर दाँतमा पनि पर्न जान्छ । यसका कारण दाँतको इनामेल खराब हुन्छ भने दाँतको सेन्सेटिभिटी बढाउँछ । यसबाट बच्नका लागि धेरै कागती पानी नपिउनुहोस् र जब पिउनु हुन्छ जरुर स्ट्राको प्रयोग गर्नुहोस् ।

टाउको दुुखाई र माइग्रेनको खतरा
कागतीमा रहेको एमिनो एसिडले दिमागमा रगतको प्रवाह अचानक रुपमा बढाइदिन्छ । जसका कारण अचानक तीव्र टाउको दुखाई र माइग्रेनको खतरा बढ्न जान्छ ।
डिहाइड्रेशन पनि हुन सक्छ
बढी कागतीपानी पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या हुनहुन्छ । बारम्बार शौचालय जानुपर्ने र पर्याप्त पानी नपिउनाले शरीरमा पानीको कमी हुनसक्छ ।
हड्डी कमजोर हुने जोखिम
कागती अम्लिए स्वभावको हुन्छ । दिनमा कयौँ पटक कागती पानी पिउनाले वा कुनै किसिमबाट कागतीको धेरै प्रयोग गर्नाले हड्डी कमजोर हुन जान्छ ।
टाउको दुख्ने सम्भावना हुन जान्छ
धेरै कागतीको प्रयोग गर्नाले प्रोटिन टुक्राउने इन्जाइम पेप्सिन सक्रिय हुन्छ ।
लामो समयसम्म धेरै कागतीको प्रयोग गर्नाले टाउको दुख्ने समस्या आउछ ।
कागतीपानीको सही प्रयोग
–कागतीको प्रयोग अवश्य पनि सही तरिकाले गर्नुुस्, यसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ ।
–बिहानीको सुरुवात कागती पानीबाट गर्नाले यसबाट उर्जा प्राप्त भइरहन्छ ।
–यदि बिहान कागतीको पानी पिइएको छ भने सलादमा यसको प्रयोग गर्नबाट जोगिनुस् ।
– कागतीपानीको प्रभावबाट दाँतलाई जोगाउनु छ भने त्यसै किसिमको भाडो प्रयोग गर्नुस् ।
–विज्ञसँग सोधेर एक दिनमा कति कागतीपानी पिउनुपर्छ भन्ने थाहा पाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप