जनकपुरधाममा गोली चल्यो, एक युवक गम्भीर घाइते
धनुषाको जनकपुरधाममा एक युवकमाथि गोली प्रहार भएको छ । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेंगाशिवपुरमा गोली प्रहारबाट कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा रहेको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ । चिउँडो हुँदै गोली मुखियाको घाँटीमा गएर अड्किएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । घाइतेलाई राति नै उपचारका लागि काठमाडाैं पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
करिब ६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको समेत पहिचान भइसकेको उनले बताए ।
उनका अनुसार यस घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख