एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे र हालै संसदबाट अनुमोदन भएको एमसीसीबारे छलफल हुनेछ । ‘केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनसहित अन्य केही प्रतिवेदनहरू पेश हुनेछन्’, प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ठुलो उर्जाका साथ पार्टी पंक्तिलाई निर्वाचनमा जान निर्देशन दिइने छ ।’
एकीकृत समाजवादीका नेताहरुका अनुसार आगामी बैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि अन्य दलसँग गर्ने तालमेल लगायतका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण