बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

आइतबार, २२ फागुन २०७८, ११ : २१
आइतबार, २२ फागुन २०७८

आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । 

कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने चैत १३ गतेसम्म दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रदका लागि इक्रा नेपालबाट त्रिपल बी रेटिङ पाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप