रुस-युक्रेन युद्धमा ट्रम्पको ‘इन्ट्री’ : भने- 'मेरै डरले रुसले युक्रेनमा हमला गर्न सकेको थिएन'

युक्रेनमा रुसी हमलाकाबीच अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेन प्रशासनमाथि खनिएका छन् । आफ्नो शासनको समयमा पनि पुटिनले हमलाको तयारी गरिरहेको तर आपूmले मस्कोमाथि बमबारीको धम्की दिएपछि पुटिन रोकिएको ट्रम्पले बताएका छन् । ट्रम्पले आफ्ना साथी जोन डेलीसँगको फोनमा कुराकानी गरेको समयमा यस्तो बताएका हुन् । यसको भिडियो भाइरल भइरहेको छ ।
द सनको रिपोर्ट अनुसार ट्रम्पले फोनमा कुराकानी गर्दा ओबामा शासनको समयमा रुसले क्राइमिया कब्जा गरेको र अब बाइडेन शासनमा युक्रेनमाथि हमला गरेको छ । उनले भने,‘मेरो शासनको अवधिमा कसैले अमेरिकालाई तर्साउने आँट समेत गर्न सकेको थिएन ।’
चीनलाई दिएको थिए ताइवान छुट्याउने धम्की
ट्रम्पले कुराकानीको समयमा चीनका राष्ट्रपति शी जिनपिङलाई लिएर नयाँ खुलासा गरेका छन् । उनले भनेका थिए, ‘तपार्इं धेरै नमात्तिनुस्, नत्र छिट्टै ताइवानलाई एक नयाँ देश बनाइदिन्छौ ।’ यसपछि जिनपिङ शान्त भएको पनि उनले बताए ।
समाप्त हुँदैछ अमेरिकाको एकाधिकार
ट्रम्पले अगाडि भने,‘अफगानिस्तानबाट जसरी हाम्रो सेना फर्कियो, त्यसबाट रुस र चीनलाई शाहास मिलेको छ । दुवै देशले अमेरिका कमजोर भएको र अब कुनै ठूलो पैmसला गर्न सक्दैन भन्ने सोच्न थालेका छन् । चीनले पनि रुस–युक्रेन युुद्धपछि ताइवानमा हमला गर्न सक्छ ।’
युक्रेनमा लगातार ११ औं दिनमा आक्रमण जारी
युक्रेनमा रुसी सेनाको हमला लगातार ११ औं दिनमा जारी रहेको छ । युक्रेन नसुध्रिएमा नतिजा भयावह हुने चेतावनी पुटिनले दिएका छन् । रुसले युक्रेनको सबै सैन्य अड्डा नस्ट पारेको पुटिनले बताएका छन् । दुवै देशकाबीच तेस्रो चरणाको शान्ति वार्ता सोमबार हुने भएको छ ।