बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा युक्रेनको दुईवटा माग अस्वीकार

आइतबार, २२ फागुन २०७८, ०९ : २२
आइतबार, २२ फागुन २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेससँग फेरि आग्रह गरेका छन् । उनले भिडियो लिंक मार्फत करिब ३०० कांग्रेस सांसदहरुलाई सम्बोधन गरेका हुन् ।

योसँगै जेलेन्स्कीले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गर्दै रुसी सेनासँग प्रतिस्पर्धा गर्न रुसले बनाएका लडाकु विमान प्रदान गर्न आग्रह गरे । युक्रेनी पाइलटहरूलाई यी विमानहरू कसरी सञ्चालन गर्ने भन्ने थाहा भएको उनले बताए।

जवाफमा, सिनेट नेता चक शुमरले भने पूर्वी युरोपबाट उनलाई पठाउन बिडेन प्रशासनले मद्दत गर्नेछन्। जेलेन्स्कीले अतिरिक्त सैन्य सहयोग र मानवीय सहायताको आवश्यकतामा कांग्रेसका सदस्यहरूको ध्यानाकर्षण गराए । तर, अमेरिकी सिनेटले उनको दुईवटा अनुरोध अस्वीकार गरेको छ।

पहिलो नो(फ्लाई जोनको लागि उनको माग अस्वीकार गरिएको छ । किनभने यसले नाटो सदस्य राष्ट्रहरू रूससँग प्रत्यक्ष लडाईमा संलग्न हुने सम्भावना खोल्न सक्ने उनीहरुको भनाई । दोस्रो, रूसबाट तेल किन्न प्रतिबन्धमा धेरै काम हुनसक्ने किनभने यसले तेलको मूल्य झन् बढ्ने खतरा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप