सलमानसँग बिहेको तस्बिरबारे बोलिन् सोनाक्षी

अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ। यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।
सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् । सोनाक्षी सिन्हाले फोटोमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, 'के तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फोटोहरूबीच भिन्नता छुट्याउन सक्नु हुन्न ।
सोनाक्षीले यो फोटोमा कमेन्ट गरेपछि उनका एक फ्यानले लेखेका छन्, 'किन जवाफ दिँदै हुनुहुन्छ ?' अर्की प्रयोगकर्ताले लेखेका छन्, "उनीहरुलाई मानिसको ध्यान चाहिएको छ र तपाईँले त्यही दिँदै हुनुहुन्छ ।' अर्को प्रयोगकर्ताले लेख्छन्, "तपाईंले यस विषयमा बोल्नु भएकोमा खुशी छु, यस्तो गसिप पेज बन्द गर्नुपर्छ । '
सलमान हाल युलिया वन्तूरलाई डेट गरिरहेका छन् भने सोनाक्षीको नाम अभिनेता जहीर इकबालसँग जोडिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न